चैत्र २७ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत २७ गते शुक्रबार । सन् २०२६ अप्रिल १० तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी तिथि । आज बिहान ५ बजेर ४७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

मिश्रित फलदायी समय छ । श्रम धेरै गरे पनि उचित मूल्याङ्कन नहुन सक्छ । मुस्किलले गरेको आम्दानी फजुलमा खर्च हुने योग रहेकोले आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ । मान्यजनको उचित सुझाव पनि अप्रिय लाग्न सक्छ । यसका बाबजुद कर्मबल बढ्नेछ ।

बृष

आजको दिन फुर्सदिलो अनुभूति होला । मनमा रहेको कुनैपनि डरत्रासको भाव हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । आय वृद्धिको योग छ ।

मिथुन

आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । सामर्थ्य वृद्धिका साथै नियमित कार्यमा मन जानेछ । आलोचकहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेम सम्बन्धमा सुधार आउनुका साथै दाम्पत्य सम्बन्ध सुखद रहनेछ ।

कर्कट

अरुको विश्वास सजिलै जित्न सकिने समय छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजन प्राप्तिको योेग छ । आजको दिन नसोचेको काम बन्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ ।

सिंह

आजको दिन मिहेनत बढी तर उपलब्धि कम हुने सम्भावना छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्ने योग छ । नयाँ तथा दीर्घकालीन योजना बनाउन पनि अनुकूल नहुन सक्छ । कुरा काट्नेहरू सल्बलाउनेछन् । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । अरुको काममा ज्यादा समय खर्चनुपर्ने देखिन्छ ।

कन्या

आजको दिन नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक लगानी बढाउन अनुकूल समय छ । परोपकारी कर्ममा मन जानेछ । मनोरञ्जनमा भुलिने योग पनि छ । दाम्पत्यसुख वृद्धि हुनुका साथै आरोग्यता रहनेछ ।

तुला

व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । व्यवसायमा थप लगानी गर्दै हुनुहुन्छ भने ढुक्कले अघि बढ्न सकिनेछ । आयआर्जनको स्रोत फेला पर्नुका साथै वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा होला ।

वृश्चिक

आजको दिन कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । मित्रहरूले प्रशंसा गर्नेछन् भने मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । नसोचेको सम्मान मिल्ने समय छ । कला क्षेत्रमा रुचि बढ्नुका साथै पढाइलेखाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नाले साहस बढ्ने छ ।

धनु

मित्रजनको सहयोगले रोकिएको काम बन्ने समय भएपनि आजको दिन परिवारभित्रै असन्तुष्टि र विवादको अवस्था निम्तिन सक्छ । पतिपत्नीबीच सल्लाह नमिल्ने देखिन्छ । लेनदेनको समस्याले सताउने र ब्यापारमा पनि घाटा ब्यहोर्नुपर्ने योग छ, होसियारी अपनाइ ब्यवहार गर्नुहोला ।

मकर

आजको दिन केही चुनौतीयुक्त रहला । आर्थिक समस्याले पनि सताउन सक्छ । लेनदेनमा विवाद बढ्ने तथा घरायसी समस्या पनि आउनसक्ने योग छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । चोटपटकको भय समेत रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शत्रुपक्षबाट हानी हुन सक्छ, ध्यान दिनुहोला ।

कुम्भ

बोझिला कामबाट मूक्ति र नियमित कार्यबाट पनि फुर्सद मिलेको अनुभूति हुने दिन छ । हितैषी मित्र एवम् आफन्तजनसँगको भेटले मन प्रसन्न रहला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । राम्रै आर्थिक उपार्जनको अवसर मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न थाल्नेछन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि छ ।

मीन

भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विपरीतलिंगीबाट विशेष साथ–सहयोग मिल्ने देखिन्छ । प्रेम प्रस्तावको पनि सम्भावना छ । परिवारजनबीच आत्मीयता बढ्नेछ । वित्तादि लाभको योग छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु उत्तम होला ।

सम्बन्धित समाचार