एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए

0 Shares

काठमाडौं । एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो।

यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन्। श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन्।

जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्।

सम्बन्धित समाचार