0
Shares
काठमाडौं । नेकपा एमालेका पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् ।
मुगुको सोरु गाउँपालिका १० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै खाएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।