अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ प्रतिशतले गिरावट, प्रतिऔँस कति ?

0 Shares

काठमाडौं । अहिले अन्तर्राष्ट्रिय बजारमा सुन मूल्यको गिरावट जारी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २५० अमेरिकी डलरमा वरपर कारोबार भइरहेको छ । यो अघिल्लो दिनको कारोबारको तुलनामा ५ प्रतिशतभन्दा बढी हो ।

गत महिनासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस पाँच हजार ५५८ डलर पुगेको थियो । नेपाली बजारमा पनि फागुन १५ गते सुनको मूल्य सबैभन्दा बढी प्रतितोला तीन लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

आजको मूल्यअनुसार नेपाली बजारमा सुनको मूल्य दुई लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार थप १२ हजार ५०० रुपैयाँ गिरावट आएको थियो ।

मध्यपूर्वमा युद्ध सुरु भएसँगै सुनको मूल्यमा उतारचढाव सुरु भएको हो। मध्यपूर्वमा अमेरिका–इजरायल र इरानमाथि आक्रमण गरेसँगै पेट्रोलियम पदार्थको कच्चा पदार्थ क्रुड आयलको मूल्य बढेर प्रतिब्यारेल ११० अमेरिकी डलर पुगेको अवस्थामा सुनको मूल्यमा गिरावट आएको हो ।

युद्धसँगै अमेरिकी केन्द्रीय बैंक (फेड)को मौद्रिक नीतिका कारण पनि सुनको मूल्यमा गिरावट आएको हो । फेडले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर उच्च दरमा राखेसँगै यसको प्रभाव सुनको बजारमा देखिएको हो ।

सम्बन्धित समाचार