सुनचाँदीको मूल्यमा पनि भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन आइतबार १२ हजार ५०० सय रुपैयाँले गिरावट भएको सुनको मूल्य आज थप गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ घटेको हो । जसअनुसार आज सुनको मूल्य तोलामा दुई लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आइतबार दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा चार हजार ४२५ रुपैयाँ कायम भएको छ । आइतबार चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार