निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो- प्रधानमन्त्री

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो, मुख्यतः ३३ः३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उनले प्रस्तुत गर्नु भएको विचार महत्वपूर्ण छन्, कम्युनिष्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनु हुन्थ्यो ।’

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिष्ट नेताहरूले प्रेरणा लिएकोसमेत बताए । उनले भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो, राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो, समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले निर्मल लामाको जीवन र व्यबहारबाट धेरै सिक्न बाँकी रहेको बताए ।

सम्बन्धित समाचार