काठमाडौं । इनड्राइभले ८० जना डाइभरलाई सम्मान गरेको छ । ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।
उक्त समारोहमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई सम्मान गर्न विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याइएको थियो । कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवाड्र्सः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् ।
उनले यो कार्यक्रम ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, जुन नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार भएको बताइन् ।
अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्तरूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।
अवार्डका विधाहरूः
टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष
१० जना क्याब विजेता
१० जना मोटो विजेता
टप परफर्मिङ ड्राइभर पार्टनर– तीन वर्ष
१० जना क्याब विजेता
१० जना मोटो विजेता
टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५
सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई सम्मान गर्दै
१० जना पुरुष क्याब विजेता
१० जना पुरुष मोटो विजेता
१० जना महिला क्याब विजेता
१० जना महिला मोटो विजेता
कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौँमा शहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।
‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्छ ।