आज मिति २०८२ फागुन २८ गते बिहीबार । सन् २०२६ मार्च १२ तारिख । नेपाल सम्बत ११४६ चिल्लागा नवमी तिथि । आज बिहान ६ बजेर १९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ११ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन नियमित कार्यमा खासै जाँगर नचल्ने देखिन्छ । गरेका काममा बाधा पैदा भइ आर्थिक हानीसमेत हुनसक्छ, सावधानी अपनाउनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मौसमी परिवर्तनको प्रभावले आलश्यपनले सताउन सक्छ । खानपानमा पथ(परहेज गर्नु हितकर हुनेछ । विचार पुऱ्याउनु होला ।
बृष
पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलता मिल्ने दिन छ । गरिएका परिश्रम खेर जानेछैन । अर्थलाभ र प्रगतिको यथेष्ट सम्भावना छ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभ पनि हुने देखिन्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउला । प्रेमभाव र आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मिथुन
सामर्थ्य वृद्धि हुनुका साथैअथक मिहिनेतले रोकिएको काम बन्ने समय छ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने देखिन्छ । आफन्त र सहयोगीजनको सहयोग पनि प्राप्त हुनेछ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ । सुख सुविधा वृद्धिका लागि गरिएको प्रयास पूरा नहुन सक्छ ।
कर्कट
सोचेका काम पूरा भइ सुखको अनुभव हुने समय छ । आज पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । केही नयाँ कामको योजनामा हुनुहुन्छ भने, थालनीका लागि उचित दिन छ । धार्मिक एवम् सामाजिक कार्यमा सहभागी हुनाले मन रमाउला । दाम्पत्यजीवन सुखदायी रहनेछ ।
सिंह
नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने समय छ । मित्रमण्डलीसँग भेटघाट र उपयोगी छलफल होला । धनलाभको बाटो पत्ता लाग्ने योग छ । परिवारमा भने सामान्य विवाद हुनसक्छ, संयम व्यवहार गर्नु हितकर हुनेछ । कतै आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने सम्भावना देखिन्छ ।
कन्या
अधुरा कामहरुले पूर्ण पाउने समय रहेकाले लगनशील भइ प्रयत्न गर्नु उचित हुनेछ । कुनै नयाँ कामको थालनी गर्नका लागि पनि सही समय छ । काम गर्न जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । पारिवारिक कार्यमा सामान्य भएपनि आर्थिक समस्याले पनि सताउने सम्भावना छ ।
तुला
केही चुनौतीयुक्त रहने देखिन्छ । सानै कुराले विवाद वा झैझगडाको बिजारोपण हुनसक्ने सम्भावनाका कारण बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मनमा डरले डेरा जमाउला, सावधान रहेर काम गर्नु उचित हुनेछ । मित्र एवम् आफन्तजनसँग सामान्य मनमुटाव हुनसक्छ । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ ।
वृश्चिक
वुद्धि विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । मिल्ने साथीसँगको भेटले मन रमाउनेछ । विपरीतलिंगीको साथ सहयोग मिल्ने योग छ । लेनदेनको कारोबार गर्नका लागि सही समय छ ।
धनु
आरोग्यबल बढे पनि नियमित कार्य एवम् जागिरमा पनि खासै मन नजाने समय छ । तर, उन्नति–प्रगतिमा कुनै रोकावट हुनेछैन । केहीले सम्मान गर्ने र कतिपयले अनावश्यक डर देखाउने मिश्रित किसिमको दिन छ । समाजसेवा र राजनीतिमा आफ्नो वर्चश्व बढाउन सकिनेछ । आफन्तजनको साथ मिल्नेछ ।
मकर
मिश्रित फलदायी समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइएला । लाभदायक यात्राको सम्भावना छ । सामाजिक कार्यबाट सम्मान मिल्ने देखिन्छ । भौतिक सामान बिग्रेर कार्यमा रोकावट आउनसक्छ । परिवारमा हल्का विवाद हुन सक्छ । सामान्य चोटपटकको योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ ।
कुम्भ
आजको दिन साहसिक काममा मन गए पनि सोचेअनुरुप काम नहुने र खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको या निरर्थक क्षेत्रमा पैसा खर्च हुने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ, खानपानमा सचेतना अपनाउनु हितकर हुनेछ । भौतिक सरसामनको क्षति हुनुबाट बच्न सजगता अपनाउनुहोला ।
मीन
अध्ययन अध्यापनमा खासै प्रगति नभए पनि शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । नचिताएको ठाउँबाट धनलाभ हुने देखिन्छ । आम्दानीका बाटाहरु खुल्नुका साथै ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने योग छ । व्यस्तता वृद्धि भएअनुसार काममा प्रगति देखिनेछ । मिठो भोजन प्राप्ति र सुख बढ्ने छ ।