सुनचाँदीको मूल्यमा गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्यमा दुई हजार गिरावट हुँदा चाँदीको मूल्यमा २०५ रुपैयाँ गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार ५१५ निर्धारण भएको छ ।

हिजो बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार रुपैयाँ कायम हुँदा सोही बराबरको चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार