आज नेप्से परिसूचक ५.६३ अंक बढ्यो

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ६.९६ प्रतिशत अर्थात ३४२.८७ अंक बढेर ५२६४.१४ विन्दुमा पुगेको छ। बढेका अरु उपसमूहहरुको वृद्धिदर भने न्यून रहेको छ। यस दिन जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

बिहीबार होटल तथा पर्यटन उपसमूहमा रहेका सबै कम्पनीहरुको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। जसमध्ये ओरियन्टल होटलको शेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिटि होटलको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सोल्टी होटलको करिब साढे ७ प्रतिशत बढेको छ। अघिल्लो दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको कुमारी सबल योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ८.४८ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक ५.६३ अंक बढेर १९६६.२३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ४९ हजार ३३२ पटकको कारोबारमा ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सोल्टी होटलको करिब साढे १४ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र पोखरा फाइनान्सको साढे ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

सम्बन्धित समाचार