काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २७ दलसँग एकता गरेको थियो । नेकपा एमाले बाहेक शक्तिलाई एकता गरेर बलियो पार्टी बनाउने भन्दै २७ दलसँग एकता गरेको थियो ।
फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष तर्फ जम्मा आठ सिट मात्रै जित निकालेको छ । धनुषा १ मा मातृकाप्रसाद यादवले निर्वाचन जिते पछि आठ पुगेको हो । आठ सिट मात्रै नेकपा एक सिटले एमाले भन्दा पछाडि छ । समानुपातिक मतमा समेत यसअघिको निर्वाचन ११ लाख मत आएकोमा यो निर्वाचनमा कम आउने देखिएको छ । पार्टी संयोजक प्रचण्ड सहित वर्षमान पुन, महेन्द्रबहादुर शाही, युवराज दुलाल, गोपाल शर्मा, रमेश मल्ल, धनबहादुर बुढा र मातृका यादव मात्रै निर्वाचित भएका छन् । पार्टीका सहसंयोजक माधवकुमार नेपाल सहित अधिकांश नेताहरु पराजित भएका छन् ।
तत्कालीन नेकपा माओवादी पहिलो संविधान सभा २०६४ सालमा निर्वाचनमा पहिलो दल भएको थियो । दोस्रो संविधान सभा निर्वचन (२०७० सालमा) दोस्रो दल २०७४ सालको निर्वाचनमा एमाले र माओवादी एकता गरेर पहिलो दल भएको थियो । २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भएको थियो । यस निर्वाचनमा नेकपा चौथो ठुलो दल हुन पुगेको छ ।
एकताबाट आएका बुढा मात्रै निर्वाचित
पार्टी एकतामा आएका तत्कालीन नेकपा एकीकृत समाजवादीबाट डोल्पाबाट धनबहादुर बुढा मात्रै निर्वाचित भएका छन् । अरु २६ दलबाट एक जना पनि निर्वाचित भएनन् । माधव नेपालक्षबाट टिकट पाएका बुढा बाहेक सबै उम्मेदवार पराजित भएका छन् । पार्टी एकता गरेर नेकपालाई खास्सै फाइदा देखिएको छैन । प्रत्यक्षमा एक सिट फाइदा हुनुबाहेक समानुपातिकमा समेत धेरै मत बढ्ने देखिएको छैन ।