हुम्लामा नेकपाले अग्रता लिँदा रास्वपाले पायो ४ मत

0 Shares

हुम्ला । हुम्लाको प्रारम्भिक मत परिणाम सर्वाजनिक भएको छ । शुक्रबार राति ९ बजेबाट सुरु भएको मत गणनामाअनुसार ८१४ मतको गणना भएर नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका दल फडेरा छन् । फडेराले २३३ मत ल्याउँदा नेपाली कांग्रेसका जयपति रोकायाले १६६ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार टासी ल्हाजोमले ४ मत मात्रै पाएकी छन् ।

सम्बन्धित समाचार