रास्वपाका राजुनाथसँग पराजित भए कुलमान

0 Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डेसँग पराजित भएका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उनेपाका अध्यक्ष घिसिङले ११ हजार १७१ मत ल्याए । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।

सम्बन्धित समाचार