झापा ५ मा ओलीभन्दा पाँच गुणा मतान्तरले बालेन अगाडि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ मा मतान्तर थप बलियो बनाउँदै लगेका छन् । मत गणनाको सुरुदेखि अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ । उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइरहेका छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मत पाउँदै तेस्रो स्थनामा छन् । नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।

सम्बन्धित समाचार