0
Shares
काठमाडौं । रुपन्देही २ मा मत गणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्याएका छन् ।
खरेलले १६ हजार ७८८ मत ल्याउँदा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याउँदा नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत पाएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन् ।