प्रचण्डको क्षेत्रमा मत गणना सुरु

0 Shares

रुकुम पूर्वमा मतगणना सुरु भएको छ । आज बिहान साढे ५ बजेबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

लुम्बिनीको हिमाली जिल्ला रहेकाले तीन विकट क्षेत्रका मतपेटिका हिजै हेलिकप्टरबाट ल्याइएको थियो । तर केही क्षेत्रबाट संकलन गरेर सदरमुकाम ल्याउन समय लागेका कारण ढिलो गणना थालिएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि रुकुम पूर्वको चर्चा चुलिएको थियो ।

सम्बन्धित समाचार