0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेलले अग्रता लिएका छन् । पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै उनी हावी भएका हुन् ।
प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका हुन् ।
खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।