0
Shares
काठमाडौं । झापाका सबै क्षेत्रको मतपेटिका मतदानस्थलसम्म पुर्याइएको छ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । झापा–५ का दुई प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको कारण पनि झापाको परिणाम यसपटक सर्वाधिक चासोको विषय बनेको छ ।
निर्वाचन कार्यालयका अधिकृतका अनुसार, अहिले मतपेटिका रुजु गर्ने काम भइरहेको छ । त्यसपछि राजनीतिक दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बस्नेछ ।
सर्वदलीय बैठकमा हुने सहमति अनुसार मतगणना सुरु गर्ने बताइएको छ ।