इरानको आक्रमणमा परी ६ अमेरिकी सैनिकको मृत्यु

0 Shares

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वमा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक)को मृत्यु भएको जनाएको छ ।

रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको घटनामा सेनाको निधन भएको पुष्टि गरेको हो ।

घटनाको प्रकृति र मारिएका सैनिकको विस्तृत विवरण भने गोप्य राखिएको छ । यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो ।

इरानले दशकौँदेखि ओमानको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीलाई दुःख दिने र आक्रमण गर्ने गर्दै आएको सेन्टकमको भनाइ छ ।

सम्बन्धित समाचार