सुनचाँदीको मूल्यमा भारी वृद्धि, आज कति पुग्यो?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा भारी वृद्धिसँगै प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार