0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
उनीहरूसहित नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार बिहान कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन् ।
उनीहरुसँगै रास्वपा छाडेका दर्जनौँ नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।