सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

0 Shares

काठमाडौँ । स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । बिहीबार प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारकै आधारमा मूल्य निर्धारण हुने गर्दछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५,१८४.८५ अमेरिकी डलर र चाँदी ८९.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित समाचार