पम्फा भुसालको आह्वानः तारा चुनाव चिह्नका उम्मेदवारलाई जिताउन लाग्नुहोस्

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने निर्वाचनमा कसैसँग तालमेल नहुने बताएकी छन् । नेकपा एमालेले नेकपासँग तालमेल गर्ने भ्रम फैलाएसँगै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले यो निर्वाचनमा १६५ चुनावी क्षेत्रमा एक्लै लड्ने गरी तयारी गरेका छौँ, तारा चिह्नको उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गर्दछु, कसैले चलाएको भ्रममा कोही नपर्नुहोला ।’

एमालेले चलाएको हल्लाको खण्डन गर्न नेकपाले पत्रकार सम्मेलनको तयारी गरिरहँदा नेतृ भुसालले आफ्नो पार्टीका सबै नेता कार्यकर्तालाई चुनावी अभियानमा होमिन आह्वान गरेकी हुन् ।

सम्बन्धित समाचार