सुनचाँदीको मूल्यमा भारी वृद्धि, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा भारी वृद्धि भएको हो।

महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँ बढेको हो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा १५ प्रतिशत कर लगाएसँगै सुनको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार