टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा दीपेन्द्र दोस्रो स्थानमा

0 Shares

काठमाडौं । भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा सबैभन्दा बढी रन बनाउनेमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी दोस्रो नम्बरमा परेका छन् ।

छनौट चरणको चार खेलमा दुई अर्धशतक बनाएका ऐरीले कूल १६९ रन बनाएका छन् । नेपालबाट विश्वकपमा दुई अर्धशतक बनाउने रेकर्ड बनाएका उनले जारी विश्वकपमा सर्वाधिक रनको दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनीभन्दा अगाडि न्युजिल्याण्डका खेलाडीले १७३ रन बनाएका छन् । यस्तै, उनीभन्दा पछाडि श्रीलंकाका खेलाडीले १६८ रन बनाएका छन् ।

विश्वकपको बाँकी खेल हुँदै जाँदा अन्य खेलाडीले सर्वाधिक रन बनाउने छन् । जसअनुसार ऐरीले बनाएको सर्वाधिक रनको स्थान खस्किँदै जान सक्छ ।

विश्वकपको छनौट चरणमा नेपालले आफ्नो चार खेलमध्ये एक खेल मात्रै जितेको छ । नेपालले आज स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको हो ।

सम्बन्धित समाचार