0
Shares
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले नेपाली कांग्रेसको देउवा पक्षलाई विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।
कांग्रेसको शेरबहादुर देउवा समूह आयोगमा पुगेसँगै नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै निर्णय गेर्न बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन, संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौं, हाम्रा नजिर र परम्परा पनि हेर्छौं ।’