विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

0 Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ।

कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाले दिएको जानकारीअनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बिहान १०:३० बजे बस्ने भएको हो।

बैठक कुपोन्डोलकाे एक बैंक्वटमा बस्ने उनले बताए।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार बेलुका मात्र थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै केन्द्रीय कार्यसमिति गठन गरेको हो।

पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो। योसँगै नेपाली कांग्रेस दुई फ्याक भएको छ।

संस्थापन सभापति शेरबहादुर देउवाको पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही भन्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ।

अब कांग्रेसमा दुई पक्षबिच आधिकारिताको कानुनी लडाइँ सुरु हुने देखिएको छ।

सम्बन्धित समाचार