कस्तो होला देशभरको मौसम?

0 Shares

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भागमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

सम्बन्धित समाचार