0
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ।
त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार पार्टी सभापतिमा गगन थापा एक्लैको उम्मेदवारी परेको छ। महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्र उम्मेदवारी परेको छ। त्यस्तै, सहमहामन्त्रीमा बहादुर सिंह लामाको उम्मेदवारी परेको थाहा भएको छ। अन्य पदमा प्रायः एक्लैको उम्मेदवारी परेको जानकारी निर्वाचन समितिले दिएको छ।
कुन कुन पदमा कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ।