कुलमान नेकपासँग सहकार्यमा आउने प्रचण्डको विश्वास

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उज्यालो नेपाल पार्टी (उनेपाका अध्यक्ष कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका छन् ।

उनले एउटा कार्यक्रममा भएको पत्रकार भेटघाटमा भनेका छन्, ‘उहाँ अन्ततः नेकपासँग नै सहकार्य गर्न आउनु पर्ने र आउनु हुनेछ भन्ने भरोसा छ ।’ प्रचण्डले कुनै न कुनै रुपमा साथीहरुले विभिन्न तहमा कुलमानसँग छलफल र सम्वाद गरिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘उहाँले त्यहाँबाट अलग्गिएर आफ्नो ढंगले अगाडि बढ्ने कोसिस गर्नु भएको छ, हाम्रो सहानुभूति छ र भरोसा पनि छ ।’

सम्बन्धित समाचार