दलबल लिएर देउवा भेट्न पुगे शेखर

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न पुगेको छ । पार्टी सभापति देउवालाई भेट्न महाराजगञ्जमा उनीहरू पुगेको शेखरको सचिवालयले जानकारी दिएको छ ।

शेखरको सचिवालयका अनुसार सहममन्त्रीहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार नेता मिनेन्द्र रिजालसहित लिएर शेखर शेरबहादुर निवास पुगेका हुन् ।

यता कांग्रेसका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले भने ९ वटा समूह बनाएर छलफल सुरु गरेका छन् ।

यस अगाडि देउवाले यी सबै विवाद सल्टाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको भनिएको छ। तर खड्काले अहिलेसम्म दुई महामन्त्रीसँग छलफल गर्न सकेका छैनन् ।

स्रोतले दिएको जानकारी अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि नेताहरूसँग औपचारिक संवादमा छन् ।

सम्बन्धित समाचार