यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

0 Shares

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नेपालले इसिमोडको वार्षिक योगदानको रूपमा २,८३,५०३ अमेरिकी डलर बुझाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए ।

साथै सकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका खरेलले बताए ।

मन्त्री खरेलका अनुसार २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३,५०,००० अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यसैगरी, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको छ भने गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त हुने निर्णय भएको मन्त्री खरेलले बताए ।

सम्बन्धित समाचार