0
Shares
काठमाडौँ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बोलाएको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै सभापति शेरबहादुर देउवा पक्षले वार्ताको पहल थालेको छ ।
स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग छलफल गरी आगामी बाटोबारे निर्णय गर्न खटाइएको छ । खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरे पनि छलफल हुन सकेको छैन ।
आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको विषेश महाधिवेशनको बन्दसत्र सुरु भइसकेको छ । बन्दसत्रमा सहभागी हुन महामन्त्रीद्वय महाधिवेशनस्थल जाने बताएका थिए । यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले बन्द सत्रले तय गरेको जुनसुकै निर्णय स्वीकार हुने बताएका थिए ।