0
Shares
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेदेखि सुरू हुने भएको छ । बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय छुट्याइएकाले दुई घन्टा ढिला गरी सुरु हुन लागेको हो ।
व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार प्रसार संयोजकका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरू हुनेछ । त्यसपछि १० बजेदेखि बन्द सत्र चालू हुनेछ ।
यसबीच आइतबार साँझसम्म २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको थियो ।
सोमबार बिहान ८ बजेबाट दर्ता प्रक्रियाले निरन्तरता पाउने आयोजकहरूले बताएका छन् ।