गगन-विश्वलाई विनोद चौधरीको आग्रह : यो यात्रालाई अधुरो नछोड्नुहोस्

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रा टुंगोमा पुर्‍याउन आग्रह गरेका छन्।

आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले भने यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्। ‘महामन्त्रीद्वयलाई अनुरोध गर्दछु–यो यात्रालाई अधुरो नछोड्नुस्, यसलाई निर्णायक यात्रामा पुगाउनुहोस्,’ चौधरीले भने।

गत ३५ वर्षमा बाटो बिराएको उनको भनाइ थियो। सुशासन दिन नसक्दा यो अवस्था आएको उनले जिकिर गरे। ‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौँ,’ चौधरीले भने।

बाटो विराएकै कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो। ‘जेनजी आन्दोलन राष्ट्र परिवर्तनको पुकार थियो। कयौं त्यस्तो तत्व पनि प्रवेश गरे, जसले मुलुकका संरचना ध्वस्त गरे,’ उनले भने।

अब आउने निर्वाचनमा युवालाई उम्मेदवार बनाउनुपर्ने उनले बताए। ‘कम्तिमा ५० प्रतिशत नयाँ अनुहारलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ,’ उनले भने।

सम्बन्धित समाचार