कांग्रेसको विशेष महाधिवेशनबाट संस्थापन पक्ष निरिह, सबै भेला स्थगित

0 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी हुँदै गर्दा संस्थापन पक्ष निरिह बन्दै गएको छ । भोलिदेखि दुई दिन काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनलाई चुनौती दिने गरी राखिएको संस्थापन पक्षको युवा भेलासमेत स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा युवा भेलाको तय गरिएको थियो ।

यसैबीच पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको निधनप्रति दुःख व्यक्त गर्दै भेला स्थगित गर्ने भएको हो ।

‘सानेपामा सम्पूर्ण भातृ एवं शुभेच्छुक सङ्घद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन एवं आम चुनाव केन्द्रित बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगन गरिएको जानकारी गराउँदछौँ,’ सूचनामा भनिएको छ ।

यसअघि आजै नयाँ बानेश्वरमा बस्ने गरी संस्थापन पक्षको भेला आह्वान गरिएको थियो । तर, अन्तिम अवस्थामा उक्त भेलासमेत स्थगित भएको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको भोलि उद्घाटन हुँदै छ । महाधिवेशनमा पार्टीको ५४ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरी आफ्नो मत राखेका थिए । सोही आधारमा विशेष महाधिवेशन हुने भएको हो ।

सम्बन्धित समाचार