0
Shares
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा गिरावट भएको छ । शुक्रबार छापावाला सुनको मूल्य ११०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ तोकिएको छ । बिहीबार एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको छ ।