सुनको भाउ स्थिर, मंगलबार कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३२८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ८८ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार