प्यूठानमा नेकपाबाट लिलामणिदेखि मिलन एमसीसम्मको नाम सिफारिस

0 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले नेताहरूको नाम सिफारिस गरेको छ ।

निर्वाचन मिति नजिकिएसँगै नेकपा प्यूठानले सात जना नेताहरूको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा युवा नेता मिलन एम।सीदेखि पुराना नेताहरू रहेका छन् ।

पार्टीको बैठकले शीर्ष स्थानमा लिलामणि पोखरेललाई राखेको छ । उनीसँगै कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, मिलन एम।सी।, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती र प्रेम बहादुर विश्वकर्मा रहेका छन् ।

सम्बन्धित समाचार