प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेका सांसदको पूरक रिटमा आज पेसी

0 Shares

काठमाडौं । जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ सहित अन्य दलका तीन सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजका लागि पेसी तोकिएको छ ।

हस्ताक्षरसहितको पूरक रिट मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता भएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए । त्यसमा थप ६० सांसद हस्ताक्षर गरी पूरक रिट दर्ता गरिएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् ।

यसअघि नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

सम्बन्धित समाचार