0
Shares
काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी मत पाएका छन् । आज बिहान सकिएको एमालेको ११औँ महाधिवेशनमा उनले २९३ मत पाएका हुन् ।
दोस्रो स्थानमा रघुवीर महासेठले २६७ पाउँदा तेस्रोमा योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल २२० मतका साथ चौथो स्थानमा छन् । उपमहासचिवमा ३ जना निर्वाचित हुन्छन् ।