0
Shares
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ ।
भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गर्न भइरहेको चुनावमा अध्यक्षका उम्मेदवारद्वय ओलीले आफ्ना प्रतिस्पर्धी पोखरेललाई अघि लगाएर भोट माग्न हिँडेका छन् ।
ओली र पोखरेलसँग ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेलसहित केही नेताहरू छन् । मतदान जारी रहँदा उनीहरूले अहिले भोट आफ्नो पक्षमा पार्न व्यस्त देखिएका हुन् ।
जारी मतदानबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य चयन हुनेछ । महाधिवेशनमा दुई हजार २६२ जना प्रतिनिधि छन् ।