0
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँ घटेको छ ।
सोमबार तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा तीन हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तीन हजार ८८५ रुपैयाँ कायम भएको हो ।