ईश्वर पोखरेल प्यानलबाट महासचिव पाण्डे, उपाध्यमा विष्ट र भट्टराई

0 Shares

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ । प्यानल नै बनाएर निर्वाचन हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार बन्न लागेका हुन् । सचिवद्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवका उम्मेदवार हुने तय भएको योगेश भट्टराईले बताए ।

निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ । यस्तै, अरु पदाधिकारीबारे पनि छलफल चलिरहेको छ । सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलाई उम्मेदवार बनाउने छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पनि उम्मदेवारीको प्यानल नै आउने अवस्था हेरेर केही उम्मेदवार हेरफेर हुनसक्ने भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार