0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक परिणाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । जम्मा २३१ मत गन्दा ८० मतसहित नेम्वाङले अग्रता लिएका हुन् ।
नेम्वाङले अग्रता लिँदा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमको पक्षमा ६७ मत खसेको छ । यस्तै, कांग्रेसका डम्मर खड्काले ५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले ३२ मत ल्याएका छन् ।
अहिले पहिलो चरणमा फाकफोकथुम गाउँपालिकाको मतगणना चलिरहेको छ ।