सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य १ हजार रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज सुनको मूल्य तोलामा दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार दुई लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा तीन हजार ५८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तीन हजार हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार