नेकपा चितवन जिल्ला अध्यक्ष अधिकारीले गरे विद्यावारिधि

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका चितवन जिल्ला अध्यक्ष रामचन्द्र(आरसी) अधिकारीले विद्यावारिधि गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत भएका डा. अधिकारी पार्टी जिल्ला अध्यक्ष भएपछि सन् २०१८ बाट सुरु गरी विद्यावारिधि समेत पुरा गरेका हुन् ।
डा. अधिकारीले कृषि वन विश्वविद्यालयबाट चितवन र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा भूमिहिन जनताको जीविकोपार्जन रणनीति र सामाजिक आर्थिक संवेदनसिलता विषयक सोधपत्र तयार गरेका हुन् । उनले चितवनको भरतपुर महानगर, माडि नगरपालिका, रामग्राम नपा र सुनवल नगरपालिकाभित्र बसोबास गर्ने भूमिहिन सुकुम्बासीको जीवन निर्वाह र आर्थिक अवस्थाका बारेमा अध्ययन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक पुरा गरेका अधिकारीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा स्नातक पढ्दापढ्दै सहभागी भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि अध्ययनलाई निरन्तरता दिएका थिए ।

सम्बन्धित समाचार