जनार्दनका भाइले भनेः प्रतिशोध साँधेर प्रचण्डलाई चितवनमा कालो झण्डा देखाउन सकिन्छ

0 Shares

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’लाई आफ्नै गृह जिल्ला रुकुममा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएपछि विरोध भएको छ ।

पार्टी कामको सिलसिलामा आइतबार गृह जिल्ला रुकुम पुगेका शर्मालाई नेकपा कार्यकर्ताले रुकुमको सल्ले एयरपोर्टमा कालो झण्डा देखाएर अवरोध गरेका थिए । घटनालगत्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता अनिल शर्माले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड वा माधव नेपाललाई गृहजिल्लामा कालो झण्डा देखाउन सकिने बताए ।

‘आज रुकुममा नेकपाका केही साथीहरुले जनार्दन दाइलाई कालो झन्डा देखाए छन्, राजनीतिमा त्यो सामान्य हो, तर अहिलेको अवस्थामा त्यो तरिका अपनाउँदै गर्दा प्रचण्ड कमरेडको गृह जिल्ला चितवन वा माधवलाई कालो झण्डा देखाउन रुकुमको जस्तै १२/१५ जना मान्छे कसो हुँदैनन होला र?’ उनले भने, ‘अझ यस्तो सोच्ने व्यक्तिकै पल्लो घरमा पनि कालो झण्डा ठडिन्छ होला, तर हाम्रोतर्फबाट कसैले यस्तो तरिका नअपनाउ ।’

उनले राजनीतिमा समर्थन र विरोध सामन्य परिघटना भएको बताउँदै उनले खास कुरो देश जनता र आफ्नो मतदाताको पक्षमा सही काम कसले गरेको भन्ने पुष्टि हुँदै जाने बताए ।

सम्बन्धित समाचार