नाडाको ४९ औँ साधारणसभा पुस ९ गते, महासंघ बनाउने प्रस्ताव

0 Shares

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४९ औँ वार्षिक साधारणसभा पुस ९ गते हुने भएको छ।

नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्ताव पेश गर्ने गरी साधारणसभाको मिति तय गरिएको अध्यक्ष करण चौधरीले जानकारी दिए।

सोमबार बसेको कार्य समिति बैठकले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ।

यसअघि महासंघमा परिणत गर्ने गरी विषेश साधारणसभा राख्ने निर्णय गरे पनि जिल्ला प्रशासन काठमाडौंको पत्रपछि रोकिएको थियो।

सम्बन्धित समाचार