वित्तीय संस्थालाई शाखा मर्ज गर्न राष्ट्र बैंकको अनुमति

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालय मर्ज गर्न सक्ने व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यो सुविधा सार्वजनिक गरेको हो ।

यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न कठिन हुँदै आएको थियो । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो ।

अहिले विद्युतीय भुक्तानी कारोबार बढेसँगै महानगरमा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था आफै महानगरमा रहेका शाखा समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार